
सल्यान, १७ असोज
सल्यानमा ५०हजार राशि पुरस्कार सहितको खुल्ला पुरुष भलिबल प्रतियोगीता हुनेभएको छ। जिल्लाको शारदानगरपालिका ४ को सहिला कम्दमा प्रथमको लागि ५० हजार राशि पुरस्कार सहितको खुल्ला पुरुष भलिबल प्रतियोगीता संचालन हुने भएको हो ।
बडा दशैको अवसरमा परिवर्तन युथ स्पोर्टस क्लबले उत्कृष्ट राशिको पुरस्कार सहित खुल्ला पुरुष भलिबल प्रतियोगीता अयोजना गरिएको जनाएको छ। भलिबल प्रतियोगितामा देशै भरिकाटिमलाई समावेश गरिने आयोजकले जनाएको छ।
प्रतियोगीतामा प्रथम हुने टिमले नगद ५०हजार मेडल र प्रमाणपत्र, द्वितियले नगद २५ हजार मेडल र प्रमाणपत्र साथै तृतीयले नगद १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । टिम दर्ता अन्तीम मिति असोज २१ गते सम्म रहेको र प्रतियोगीता असोज २१ गते देखी २३ गते सम्म संचानल हुने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार