सल्यानको सिद्ध कुमाखमा पाँचौ अध्यक्ष कप सुरु

सल्यान,११ कार्तिक

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पाँचौ अध्यक्ष कप सुरुभएको छ। “एकताबद्ध देश, खेलकुदको सन्देश भन्ने नाराका साथ पाँचौ अध्यक्ष कप सिद्ध कुमाख गाउँपालिकाको केन्द्र ढोरचौरमा सुरुभएको हो।
कार्यक्रममा बोल्दै सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गीरीले खेल क्षेत्रमा पछिल्लो समय खेलाडीहरुको भविष्य राम्रो रहेकाले उत्साहित भएर खेल क्षेत्रमा लाग्न खेलाडिहरुलाई आग्रह गर्नु भएको थियो । उहाँले खेल क्षेत्रमा लगानी गर्नु पनि विकास भएकाले खेल क्षेत्रमा सिद्ध कुमाख गाउँपालिकाले विशेष जोड दिएर लगानी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले सिद्ध कुमाखले थुप्रै अब्बल खेलाडिहरु उत्पादन गर्दै आएको बताउनुभयो। उहाँले सिद्ध कुमाख मौलिक कला र संस्कृतीको हिसाबले पनि धेरै माथि रहेकाले यसको बृद्धि, बिकास तथा संरक्षाणमा पालिका सधै लागिपर्नेे बताउनु भएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिका भित्रका ५ वटै वडाका वडा अध्यक्षले शुभकामना मन्त्वय राखेका थिए ।
अध्यक्ष कपमा विविध साँस्कृतिक कार्यक्रम सहित महिला तथा पुरुष तर्फको भलिवल प्रतियोगिता हुनेछ। ३ दिनसम्म संचालन हुने पाँचौ अध्यक्ष कप २०८१ को अन्तिम दिन कार्तिक १३ गते लोक दोहोरी प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता समेत संचालन हुने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस