तेस्रो स्थापना दिवसमा रास्वपाद्वारा सल्यानमा रक्त समूह परीक्षण

सल्यान, ७ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसको अवसरमा पार्टी कार्यालय खलंगा सल्यानमा विविध कार्यक्रमहरू सम्पन्न भएका छन् । सो अवसरमा रास्वपाको आयेजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान र जिल्ला अस्पताल सल्यानको प्राविधिक सहयोगमा ४० जनाको रक्त समूह परीक्षण गरिएको छ ।

कार्यक्रम अन्तर्गत आयोजित ¥यालीले खलंगा बजारको परिक्रमा गर्दै जागरूकता सन्देश प्रवाह गरेको थियो । ¥याली तथा कार्यक्रममा पार्टीका केन्द्रीय मानव विकास प्रवद्र्धन विभागका सह–संयोजक पवनराज देवकोटा, पार्टी जिल्ला सभापति प्रकाश नेपाली, उपाध्यक्ष टिकाराम केसी, सचिव श्रीकान्त राई, सह–सचिव हिरा योगी श्रेष्ठ, कोषाध्यक्ष सिता मल्ल, छत्रेश्वरी गाउँपालिका सभापति सम्झना योगी लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो ।

स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले सामाजिक उत्तरदायित्व तथा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धिमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस