सल्यान – नेपाल लोकतान्त्रिक खेलकुद संघ सिद्धकुमाख गाउँपालिका, सल्यानको प्रथम अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले मणिराम बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा भरत राना र लक्ष्मी बस्नेत सचिव रोषण गिरी, सहसचिव मुकुन्द चलाउने, कोषाध्यक्ष सरिता रोका रहनुभएको छ ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाली कांग्रेस सिद्धकुमाखका कार्यवहाक सभापति राजेश डाँगीको विशिष्ट आतिथ्यता रहकोे थियो।
कार्यक्रमका प्रमुख अतिथि भरत गिरीले खेलकुदले अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै देशको पहिचान खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा स्थापित भइसकेको बताए।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश सदस्य तथा अधिवेशन संयोजक द्रोण प्रकाश चन्दको अध्यक्षतामा सुरुभएको कार्यक्रममा नेपाली कांग्रेस सिद्धकुमाख गाउँपालिका वडा नं. १ का सभापति सुरेन्द्र बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस सिद्धकुमाखका सचिव खिम बहादुर चलाउनेले गर्नुभएको थियो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ सिद्धकुमाख गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न
प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस