
सल्यान, १० असार।
सल्यानको त्रिवेणी गाउँपालिकाले गाउँसभा तथा १७ अौं अधिवेशनमा आगामी बर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
आगामी आर्थिक वर्षका लागी ४५ करोड ८४ लाख ४१ हजार ५ सय ८४ रुपैया बजेट विनियोजन गरेको छ ।
सोमबार गाउँसभा तथा १७ अधिवेशनमा पेश गरिएको नीति कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि उपाध्यक्ष सीता खड्का पुनले पेश गरेको बजेटमा जानकारी दिईएको हो ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये आन्तरिक राजस्वबाट ५९ लाख ३ हजार, संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान ८ करोड १७ लाख, राजस्व बाँडफाँट वापत प्राप्त हुने रकम ८ करोड २३ लाख ३६ हजार ५ सय प्राप्त हुनेछ । सशर्त अनुदान चालु तर्फ १५ करोड ३७ लाख, सशर्त अनुदान पुजिगत २ करोड १६ लाख, विशेष अनुदान ५४ लाख, समपुरक अनुदान तर्फ ८६ लाख स्रोच परिचालन गरिनेछ ।
साथै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान ९८ लाख ५२ हजार, राजस्व बाँडफाँट वापत प्राप्त हुने रकम १४ लाख ९५ हजार १ सय, सर्शत अनुदान चालु तर्फ ८ लाख ५० हजार र सर्शत अनुदान पुजिगत तर्फ १ करोड ३५ लाख साथै संघीय सरकारको सामाजिक सुरक्षा तर्फ ७ करोड ५० लाख स्रोत परिचालन गरिनेछ ।
अन्य संघ संस्था तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेटलाई प्राप्त भएपछि समावेश गरी बजेटको एकिकृत रुप तयार गरिने गाउँपालिकाले जनाएको छ ।