शारदामा फोहोर व्यवस्थापनबारे चेतना फैलाउँदै अभिमुखिकरण कार्यक्रम सम्पन्न

सल्यान, ७ असार ।
फोहोरमैला व्यवस्थापनप्रति जनचेतना फैलाउने उद्देश्यले शारदा नगरपालिकाले खलंगा बजार क्षेत्रका व्यवसायी लक्षित जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। खलंगा बजार व्यवस्थापन समिति, होटल व्यवसायी र यातायात व्यवसायीहरूलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी जनचेतनामूलक अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रकाश भण्डारीले कार्यक्रममा नगरप्रमुख भण्डारीले फोहोर व्यवस्थापन सबैको साझा जिम्मेवारी भएको बताउँदै नगरपालिकाले दीर्घकालीन योजना अनुरूप काम अघि बढाइरहेको उल्लेख गर्नुभयो। “फोहोर व्यवस्थापन केवल पालिकाको जिम्मेवारी होइन, हामी सबैको साझा दायित्व हो। हामी वातावरणमैत्री नगरपालिका बनाउने यात्रामा छौं, त्यसका लागि व्यवसायी समुदायको सक्रिय साथ आवश्यक छ।” उहाँले भन्नुभयो।

बजार क्षेत्रको सरसफाइलाई व्यवस्थित र दिगो बनाउने हेतुले सञ्चालन गरिएको कार्यक्रममा खलंगा बजार व्यवस्थापन समिति, होटल तथा यातायात व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई फोहोरको वर्गीकरण, संकलन, पुनः प्रयोग र व्यवस्थापन सम्बन्धी जानकारी दिएको थियो। साथै, सहभागीहरूले बजार क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउन नियमित अनुगमन र समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रकाशित मिति : २०८२ असार ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस