कोरिया बस्ने सल्यानीहरुद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

सल्यान,२१ मंसिर ।

सल्यानका ६ वटा बिद्यालयका करिब १७० जना विद्यार्थीहरुलाई जाडो मौसममा न्यानो कपडा तथा विविध शैक्षिक सामग्रीहरुको वितरण गरिएको छ । दक्षिण कोरियामा कर्म गर्न गएका सल्यानीहरुले करिब ४ बर्ष अघि स्थापना गरेको संस्था सल्यानी समाज दक्षिण कोरियाले उक्त सामाग्रीहरु वितरण गरेका हो ।

सल्यान जिल्ला भित्रका प्राथामिक तहका बालबालिकालाई लक्षित गरी जाडो मौसममा न्यानो कपडाहरु तथा अन्य शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको संस्थाका महासचिव रोशन वलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष सल्यान जिल्लाका ४ वटा पालिका भित्रका ६ वटा विद्यालयमा वितरण गरिएको छ । श्री महेन्द्र आाधारभूत विध्यालय शारदा नगरपालिका १२, श्री शिव माध्यामिक विद्यालय शारदा नगरपिलका १२ मुल डाँडा, श्री दुर्गा आधारभूत बिद्यालय शारदा नगरपिलका १२ तिम्ले, श्री दिप सृजना प्रथामिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका १० साधाबाँस, श्री जनज्योती आधारभूत विध्यालय छत्रेश्वरी गाउँपालिका १ काल्चे, श्री सरस्वती आाधारभूत विद्यालय कालिमाटी गाउँपालिका ३ फारुला सल्यान, सिहत जम्मा ६ वटा विद्यालयमा १७० जना विद्यार्थीहरुलाई वितरण गरिएको छ ।

प्रदेशमा सु:ख दु:ख पर्दा एउटा अभिभाबकको रुपमा मुख्य भुमिका निर्वाह गर्ने उद्देश्यले संस्थाकाे स्थापना गिरएकाे संस्थाका अध्यक्ष तर सिंह पुनले जानकारी दिनु भयो । यो वर्ष नेपाली चलचित्र १२ गाउँलाई कोरियाका विभिन्न सिनेमा घरमा परदर्शन गरेकाे र साेहि चलचित्रले कमाएकाे रकमबाट केहि बचत गरेर समाजिक कार्यमा लगाएकाे अध्यक्षले पुनले बताउनु भयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस