राप्ती राजमार्ग अवरुद्ध, रोल्पा र रुकुमका यात्रु अलपत्र

सल्यान, १८ बैशाख ।

राप्ती राजमार्गअन्तर्गत पर्ने राम्री–कपुरकोट सडकखण्डको चोरखोला नजिकै सोमबार साँझ किरब ५ बजे सडक माथिबाट आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा सल्यान, रोल्पा र रुकुमका सयौं यात्रु अलपत्र परेका छन्। लगातार पहिरो खसिरहेकाले सानो जेसीबी प्रयोग गरेर खोल्ने प्रयास असफल भएको र ठूलो स्काभेटर ल्याएर भोलिदेखि मार्ग खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यात्रु सुरक्षाको लागि वैकल्पिक मार्ग प्रयोग गर्नसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस