सार्वजनिक जग्गामा बनाइएका घर–टहरा भत्काउदै शारदा नगरपालिका

सल्यान, १५ असोज ।

सल्यानको शारदा नगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका घर–टहरा हटाउन सुरु गरेको छ। पलिकाले वडा नम्बर–१३ साङ्घारमा सार्वजनिक जग्गामा बनाइएका घर टहरा हटाउन सुरु गरेको हो । मंगलवार शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको नेतृत्वमा घर टहरा हटाउन सुरु गरिएको हो ।
साङ्घार खोलालाइ प्रदुशित बनाउने गरि सार्वजनिक जग्गामा बनाइएका बाख्रा र बङ्गुरका ८ वटा खोर डोजर प्रयोग गरि हटाइएको नगरपालिकाले जनाएको छ । आवासको रुपमा मानिसहरु बसोबास गर्दैैैै आएका घरहरुलाइ भने लिखित निवेदनका आधारमा व्यवस्थापन गर्नका लागि समय दिएको पालिकाको भनाई छ ।
शाङ्घार क्षेत्रमा करिब ७५ रोपनी सार्वजनिक जग्गा रहेको नगरपालिकाले जनाएको छ ।यस अघि नगरपालिकाले जिल्लाको प्रमुख व्यापारीक केन्द्र श्रीनगर बस पार्क भित्र निर्माण गरिएका घर तथा टहरा हटाएको थियो।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस