कपुरकोटमा आपूर्तिकर्ता, सेवा प्रदायक र परामर्शदातालाई स्थायी सूचीमा दर्ता हुन आग्रह

सल्यान, ३० असार।

कपुरकोट गाउँपालिका, सल्यानले आर्थिक वर्ष २०८१र८२ का लागि आवश्यक सामग्री तथा सेवा आपूर्ति गर्न इच्छुक आपूर्तिकर्ता, सेवा प्रदायक र परामर्शदाताहरूलाई मौजुदा सूचीमा दर्ता हुन सूचित गरेको छ। गाउँपालिकाले स्थायी सूचीमा नाम दर्ता गर्न चाहने फर्म, कम्पनी वा व्यक्तिहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले २० दिनभित्र दर्ताका लागि निवेदन दिन अनुरोध गरेको छ।

दर्ता गर्न चाहने फर्मरकम्पनीले पेश गर्नुपर्ने कागजातहरूमा सम्बन्धित निकायमा दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र, कर चुक्ता स्थायी लेखा नम्बर र स्वघोषणा पत्र समावेश छन्। सूचनामा उल्लेख भएअनुसार, दर्ताका लागि १हजार शुल्क बुझाउनु पर्नेछ। दस्तुर अनिवार्य नगदमा मात्र स्वीकार गरिने उल्लेख गरिएकाे छ।

दर्ता गरिनुपर्ने सेवा र सामग्रीको विवरणहरुमा मालसामान आपूर्ति तर्फ मसलन्द समा कार्यालय सामान, शैक्षिक सामग्री र स्टेशनरी तथा फुटकर सामान, कार्यालय मेसिन तथा उपकरम, हार्डवेयर तथा फिटिङ्ग भाँडाकुँडा लगायत सामग्री, सवारी साधनका पार्टपुर्जा तथा लुब्रिकेन्ट्स, मसलन्द छपाई, फर्निचर तथा फर्निसिङ, औषधी/औषधीजन्य तथा मेडिकल प्रयोगशाला सम्बन्धी स्वास्थ्य सामग्री कृषि औजार औषधी तथा अन्य सामग्री, पशुपंक्षीको औषधी तथा अन्य सामग्री, आयुर्वेदिक औषधी तथा सामग्री, पत्रपत्रिका तथा पुस्तकहरू, कम्प्युटर ल्यापटप, प्रिन्टर, मल्टिमिडिया तथा अन्य इलेक्ट्रोनिक्स सामग्री, निर्माण सामग्री तथा रंगरोगन। परामर्श सेवा तर्फ सफ्टवेयर (पावर सिस्टम) निर्माण सेवा, सूचना प्रविधि तथा कम्प्युटर सम्बन्धी विविध सेवा, डीपआर निर्माण, सिपमुलक तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम संचालन सेवा । मर्मत तथा अन्य कार्य तर्फ फोहोर व्यवस्थापन तथा कार्यालय सरसफाई, ईन्टरनेट सेवा, नेटवर्किङ, प्लम्बिङ तथा बारिद्र, सवारी साधन मर्मत, फर्निचर तथा फर्निसिङ मर्मत, इलेक्ट्रोनिक्स मर्मत, रंगरोगन, छपाई, डिजाईन, भिडियाे डकुमेन्ट्री, विज्ञापन, सूचना , प्रकाशन तथा प्रशारण, सवारि साधनको विमा र निर्माण कार्य तर्फ भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भार सम्बन्धी सेवा रहेका छन ।
गाउँपालिकाले सबै इच्छुक तथा योग्य सेवा प्रदायक र आपूर्तिकर्तालाई तोकिएको समयावधिमा सम्पर्क राखी दर्ता प्रक्रिया पुरा गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस