त्रिवेणी गाउँपालिकाद्वारा कृषिमा प्रविधिको प्रवर्द्धन: कृषकलाई आधुनिक उपकरण वितरण

सल्यान, ५ फागुन।

त्रिवेणी गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि मेशिनरी उपकरण वितरण गरेको छ। कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सोमबार आयोजित एक कार्यक्रमका बीच कृषकलाई विभिन्न उपकरण हस्तान्तरण गरिएको हो।
गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन तथा प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले संयुक्त रूपमा उपकरण वितरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष रावतले कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले कृषकको माग र आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न कृषि उपकरण वितरण गर्दै आएको बताउनुभयो। साथै, अनुदानको सही सदुपयोग गरी उत्पादन वृद्धिमा ध्यान दिन कृषकलाई आग्रह गर्नुभयो। “कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले कृषकको माग र आवश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न कृषि उपकरण वितरण गर्दै आएका छौँ उहाँले भन्नु भयो। अनुदानको सही सदुपयोग गरी उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ। यसले कृषिलाई आधुनिक, सहज र उत्पादकत्व वृद्धि गर्न सहयोग गर्नेछ।

त्यस्तै, उपाध्यक्ष सीता खड्का पुनले अनुदान वास्तविक किसानसम्म पुगोस् भन्ने उद्देश्यले समूह तथा सहकारीमार्फत वितरण गरिँदै आएको जानकारी दिनुभयो। साथै, उपकरणको दुरुपयोग नगर्न कृषकलाई सचेत गराउँदै उत्पादनमुखी कृषिमा जोड दिन आग्रह गर्नुभयो। त्रिवेणी गाउँपालिकाले वितरण गर्ने अनुदान वास्तविक किसानसम्म पुगोस् भन्ने उद्देश्यले समूह तथा सहकारीमार्फत वितरण गर्दै आएको छ उहाँले भन्नुभयो। अनुदानमा वितरण गरिएका कृषि मेशिनरी उपकरणको दुरुपयोग नगर्न कृषकहरूलाई आग्रह गर्न चाहन्छु। यी उपकरणहरू उत्पादन वृद्धिमा महत्वपूर्ण साबित हुनेछन्।”

प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउँदै कम श्रममा बढी उत्पादन गर्ने लक्ष्यसहित गाउँपालिकाले हरेक वर्ष यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। “कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउँदै कम श्रममा बढी उत्पादन गर्ने लक्ष्यसहित गाउँपालिकाले हरेक वर्ष यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ उहाँले भन्नुभयो। आगामी दिनमा पनि कृषकलाई आवश्यक प्रविधि उपलब्ध गराउन पालिका प्रतिबद्ध छ।”

कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत कृषकहरुलाई १२ वटा समूह फर्म तथा सहकारीमार्फत ११ वटा मिनिटिलर ६ वटा कम्बाइन मिल वितरण गरिएको कृषि शाखा प्रमुख लक्ष्मी चन्द बवालले जानकारी दिनुभयो।
त्यस्तै, पशु विकास कार्यक्रम अन्तर्गत ७ वटा समूह, फार्म तथा सहकारीमार्फत ३ वटा डिजिटल तौल मेशिन ३ वटा दाना पिस्ने मेसिन २ वटा डी(फ्रिज १ वटा च्याप कटर १ वटा फलामको टोकरी १ वटा कुखुराको प्वाँख खुइल्याउने मेसिन वितरण गरिएको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो।

उपकरण प्राप्त गरेका कृषकहरूले अनुदान कार्यक्रम प्रति खुशी व्यक्त गर्दै आधुनिक प्रविधिको प्रयोगले उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस