
सल्यान, ११कार्तिक ।
सल्यानी चर्चित लाेक तथा दाेहरी गायक शक्ति चन्दको नयाँ गीत “१२ बजे राति”ले यतिबेला टिकट लगायतका समाजिक संञ्जालमा निकै चर्चा कमाईरहनुभएको छ। अहिलेको भाषामा भन्ने हो भने यो गीत टिकटमा भाईरल बनिरहेको छ। नेपाली गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाएर स्थापित बन्नुभएका गायक चन्दका थुप्रै चर्चित गीतहरु बजारमा छन। सल्यानमा जन्मिनुभएका चन्दले विशेषगरी साविक मध्यपश्चिमको टिपिकल बोलिचालि र शब्दहरुलाई समावेश गरेर गीतहरु सिर्जना गर्दै आउनुभएको छ। मध्यपश्चिमको बोलिभाषा समावेश गरिएका उहाँका थुप्रै गीत बहुचर्चित बनेका छन।
गीतसंगीतको निरन्तरताकै क्रममा गायक चन्दले अहिलेका युवा पुस्ताले रुचाउने गीत १२ बजे राति सार्वजनिक गर्नुभएको छ।यो गीतमा पनि सल्यान लगायत मध्यपश्चिममा बोलिने शब्द समेटिएको छ। संगीतको माध्यमबाट आफ्नो क्षेत्र र जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्यले आफुले यश क्षेत्रका टिपिकल शब्दहरु समेटिएका चन्द बताउनु हुन्छ।
केहि दिन अगाडि मात्रै बजारमा आएको गीत १२ बजे रातिले यति मेला खुबै चर्चा बटुलिरहेको छ। चन्द्र भण्डारीको उत्कृष्ट शब्द र संगीत सिर्जनामा रहेको गीतमा शक्ती चन्द र प्रिती परियारको सुमधुर स्वर सजिएको छ।र्यान्स बस्यालको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियोमा र्यान्स बस्याल र संचिता बोलाखेको अभिनय रहेको छ।
गीत शकति चन्द युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
हेर्नुहाेस् भिडियाे