सल्यान, ९कार्तिक ।
सल्यानको शारदा नगरपालिका वडा ७ को आयोजनामा वडा अध्यक्ष कप तथा वृहत साँस्कृतिक कार्यक्रम सुरु भएको छ। शुक्रबार पालिकाको वडा नम्बर ७ कजेरीमा वडा अध्यक्ष कप अन्तर्गत शारदा नगरपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता तथा वृहत साँस्कृतिक कार्यक्रम सुरु भएको हो।
कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिका काठमाण्डौँका अध्यक्ष कृष्ण हरि महर्जनले शारदा नरपालिका हरेक हिसावले राम्रो सम्भावना बोकेको पालिका भएकाले पालिकाले त्यसको भरपुर प्रयोग गर्दै उत्पादक क्षेत्रमा विशेष जोड दिएर लगानी गर्नु पर्ने बताउनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महर्जनले तारकेश्वर र शारदा नगरपालिका बिच भगिनी सम्बन्ध जोडिएकाले शारदा नगरपालिकाको लागी सक्दो सहयोग गर्न आफु लागी परेको बताउदै पहिलो चरणमा नगरको आवश्यक्तालाई ध्यानमा राखेर एम्बुलेन्स उपलब्ध गराउने तयारी गरेको बताउनुभयो।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि प्रकाश भण्डारीले आफु निर्वाचित भएको दिन देखि अहिले सम्म दिन रात नभनेर शारदा नगरपालिकालाई समृद्ध बनाउने काममा लागीरहेको बताउनुभयो।उहाँले स्वास्थ्य शिक्षाको क्षेत्रमा लागनी गर्नु खास विकास भएकाले शारदा नगरपालिकाले स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन ल्याउनलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टी सल्यानका सचिव रमेश कुमार गौतमले खेलकुद र सांस्कृतिका क्षेत्रमा लगानी गर्नु पनि विकास भएकाले खेलकुदको वृद्धि तथा विकास संगै पछिल्लो समय लोप हुने अवस्थामा पुगेका पुराना मौलिक कला सांस्कृतिहरुको संरक्षणमा लगानी गर्नु पर्ने बताउनुभएको थियो ।
कार्यक्रमको अवसरमा वडाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा शारदा नगरपालिका ७ भित्रका आमा समुह तथा विभिन्न क्लबले मौलिक नृत्यहरु प्रदर्शन गरेका थिए। साथै चर्चित गायक शक्ती चन्दले पनि प्रस्तुति राख्नुभएको थियो।
पुरुष भलिबल प्रतियोगितामा शारदा नरपालिका भित्रका विभिन्न वडाबाट १६ वटा टिमको सहभागिता रहको आयोजकले जानकारी दिएको छ।शारदा नगरपालिका वडा नम्बर –७ का वडा अध्यक्ष लिला बहादुर रोकाको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण पत्रकार शिव डाँगीले गर्नुभएको थियो। कार्यक्रम कर्तिक ११ गते सम्म संचालन हुनेभएको छ।