
सल्यान १४, चैत ।
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रसाशन कार्यालय सल्यान पुगेका एक वृद्ध सेवाग्राहीको लडेर मृत्यु भएको छ ।
बिहीवार, दिउसो कार्यालयको तल्लो तलाको डोकामा अढेस लाग्न खोज्दा लडेर घाइते भएका सल्यान जिल्ला बागचौर नगरपालिका ७, टाट्के बस्ने ७० बर्षिय टीकाराम ओलीको मृत्यु भएको हो ।
टाउकोमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारको लागी तत्कालै जिल्ला अस्पताल सल्यान पुर्याइएको थियो ।
उपचारको क्रममा डाक्टरले उनलाइ मृत घोषणा गरेको र अहिले मृतकको शव जिल्ला अस्पताल सल्यानमै राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार