
सल्यान, ४ फागुन।
सल्यानको सिद्धकुमाख गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगितामा ६ वटा सामुदायिक विद्यालयका छात्रछात्राबीच प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथ्लेटिक्स, भलिबल, कबड्डी,मार्शल आर्ट लगायतका खेलहरु समावेश छन् ।सिद्ध कुमाख गाउँपालिका १ बाँझकाँडाको महेन्द्र आदर्श माध्यमिक बिद्यालयको खेल मैदानमा सञ्चालित खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमका सभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष भरत गिरि र विशिष्ट अतिथि तथा कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले संयुक्तरूपमा गर्नुभएको थियो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष गिरीले प्रतिस्पर्धा आवश्यक भए पनि खेलकुदलाई प्रतिशोधको भावनाबाट मुक्त राख्नुपर्ने बताउनुभयो। साथै, सिद्ध कुमाख गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय पूर्वाधार निर्माण तथा शिक्षक व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।

विशिष्ट अतिथि कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको बताउनुभयो। साथै, सिद्ध कुमाख र कुमाख गाउँपालिका नजिकका छिमेकी पालिका भएकाले विकास निर्माणमा सहकार्य गर्दै आएको उहाँले उल्लेख गर्नुभयो।
गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले सबै भेगलाई समेट्ने उदेश्यले हरेक वर्ष फरक स्थानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आएको जानकारी दिँदै राष्ट्रपति रनिङ शिल्डले खेल क्षेत्रको विकासमा ठूलो टेवा पु¥याएको बताउनुभयो।
प्रमुख प्रशाासकिय अधिकृत डिल्ली खड्काले सिद्ध कुमाख गाउँपालिकाले शिक्षा संगै खेलकुदलाई पहिलो प्राथमिकताका दिदै आएको बताउनुभयो।
वडा नम्बर १ का वडा अध्यक्ष रमेश चलाउनेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण कमल चन्दले गर्नुभएको थियो।कार्यक्रममा पलिका भित्र का विभिन्न मौलिक झाँँकीहरु समेत प्रदर्शनी गरिएको थियो।