लक्ष्मी सनराइज बैंक शाखा श्रीनगरद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

सल्यान, २ फागुन।

लक्ष्मी सनराइज बैंक शाखा श्रीनगरले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति वितरण गरेको छ।

शिव जन माध्यमिक विद्यालय, सितलपाटीमा अध्ययनरत कक्षा ९ की छात्रा खुस्बु पुनलाई बैंकको तर्फबाट रु। १५,००० को छात्रवृत्ति चेक प्रदान गरिएको हो। विद्यालयमा आयोजित विशेष कार्यक्रममा बैंकका शाखा प्रबन्धक राजकुमार शाह, विद्यालयका प्रधानाध्यापक जीवन कुमारी रावत केसी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा उक्त छात्रवृत्ति हस्तान्तरण गरिएको थियो।

लक्ष्मी सनराइज बैंकले हरेक वर्ष छात्रवृत्ति वितरणका साथै वृक्षरोपण, स्वास्थ्य सेवा कार्यक्रम तथा अन्य समाजिक उत्तरदायित्वका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। बैंकको यस्तो पहलले विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस