
सल्यान, १० माघ।
सल्यानको कपुरकोटमा निशुल्क आँखा शिविर सञ्चालन हुनेभएको छ। कपुरकोट गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा यही माघ १२ गते शनिबार आँखा शिविर सञ्चालन हुने भएको हो।
कपुरकोट आधारभूत अस्पतालको परिसरमा सञ्चालन हुने शिविरमा आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरूको निःशुल्क आँखा जाँच र उपचार सेवा प्रदान गरिने छ। नागरिकहरुको आँखा स्वास्थ्यलाई प्रोत्साहन गर्न शिविरको आयोजना गरिएको प्रमुख प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले बताउनुभयो। उहाँले पालिका भित्रका सबै नागरिकलाई यो अवसरको अधिकतम उपयोग गर्न आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार