सिद्ध कुमाखमा नौमती बाजा वितरण तथा संरक्षण अभियानको थालनी

सल्यान, १४ माघ।

सल्यानको सिद्ध कुमाख गाउँपालिकाले नौमती बाजा वितरण गरेको छ। आइतबार गाउँपालिकाले वडा नम्बर–१ मा रहेको प्रगतिशील स्वास्थ्य आमा समूहलाई नौमती बाजा प्रदान गरेको हो।  पुराना कला र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले गाउँपालिकाले यो कदम चालेको हो।

नौमती बाजा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष भरत गिरीले कला र संस्कृति जोगाउने कार्यमा लाग्ने सबैलाई पालिकाको तर्फबाट पूर्ण सहयोग हुने बताउनुभयो। उहाँले एक वडा, एक नौमतीबाजा समूह अभियान अन्तर्गत वडा नम्बर १ बाट यो कार्यक्रम सुरु गरिएको र क्रमशः अन्य वडामा पनि वितरण गरिने जानकारी दिनुभयो। उहाँले पालिकाले आफ्नै लगानीमा नौमतीबाजा वितरणसंगै बजाउने तालिम प्रदान गरिसकेको र अब अन्य वडाका समूहलाई प्रशिक्षण दिनका लागि यही समूहलाई परिचालन गरिने समेत  बताउनुभयो। 

गाउँपालिकाले नौमती बाजा प्रदान गरेकोमा आमा समूहले खुशी व्यक्त गर्दै यसको प्रवर्धनमा सक्रिय रुपमा लाग्ने प्रतिवद्धता गरेका छन ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस