कपुरकोटमा निःशुल्क आँखा शिविरः ३०९ जनाले लिए सेवा

सल्यान, १२ माघ।
सल्यानको कपुरकोट गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरबाट ३०९ जनाले सेवा लिएका छन्। शनिबार गाउँपालिकाको आधारभूत अस्पताल कपुरकोटमा सञ्चालन भएको शिविरमा विभिन्न वडाका नागरिकले सेवा लिएका हुन्।कपुरकोट गाउँपालिकाको आयोजना तथा  राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३०९ जनाले आँखा परीक्षण गराएका हुन।

प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलका अनुसार, परीक्षण गराएका नागरिकमध्ये महिला १९० र पुरुष ११९ जना रहेका छन्। उहाँका अनुसार शिविरमा आँखा जाँच गराएका मध्ये १८७ जनालाई चस्मा वितरण गरिएको छ। चेकजाँच गरिएका नागरिकहरुमध्ये ५९ जनालाई मोतियाविन्दु , ४२ जनालाई मोतियाविन्दुको अपरेसन गर्नुपर्ने, ९ जनाको दृष्टि दोष, १०१ जनालाई बुढेसकालमा हुने दृष्टी दोष भएको र ११२ जनाको आखाँमा बोसो पलाएको भेटिएको छ।

निःशुल्क आँखा शिविरले गर्दा जिल्ला बाहिर जानुपर्ने बाध्यताकाे अन्त्य भएकोमा स्थानीय नागरिकहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा थप विशेषज्ञ सेवा सहितका यस्ता शिविरहरूको आयोजना गर्न पालिकालाई आग्रह गरेका समेत गरेका थिए। गाउँपालिकाका अनुसार, संवेदनशील अंगका रूपमा रहेको आँखामा लाग्ने समस्या पहिचान गरी समयमा समाधान गर्न नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविरले नागरिकलाई स्वास्थ्यसम्बन्धी सजगता बढाउन महत्त्वपूर्ण योगदान पु¥याएको गाउँपालिकाको भनाई छ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस